१७ असार २०८१, सोमबार

नेकपा एसको निर्णय : व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने


एकीकृत समाजवादीको बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय गरेको हो । एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको पनि छ ।

एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राख्दै आएको थियो । सो पार्टीको बैठक बस्नुअघि नै सत्ता गठबन्धनमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको थियो ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो । आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु