१२ बैशाख २०८१, बुधबार

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, संसद बैठकको कार्यसूची तयार गर्ने


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित भएको छ ।

सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ । एमालेले आफूले उठाएका माग सम्बोधन नभएकाले बैठकमा सहभागी हुने वातावरण बनिनसकेको बताएको छ ।

सभामुख सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै एमालेले संसदको बैठक अवरोध जारी राख्नुका साथै सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्दै आएको छ ।

आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकको बैठकअघि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

आज बस्ने कार्यव्यवस्थाको परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकका कार्यसूची तय गर्नेछ । आज बस्न लागेको कार्यव्यवस्थाको बैठकमा संसद्मा जारी अवरोधलाई हटाउने विषयमा पनि छलफल हुने बुझिएको छ ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !