१६ आश्विन २०८१, बुधबार

प्रम ओली र प्रचण्डवीच बालुवाटारमा वान टु वान वार्ता


६ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच बालुवाटारमा वान टु वान वार्तामा बसेका छन् । बिहिबार बिहानवाट वान टु वान मा बसेका दुवै नेता तीन घण्टासम्म पनि बाहिर निस्केका छैनन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जनयुद्ध, निर्वाचन चिन्ह र संगठनमा संख्याको अनुपातबारे सहमतिका लागि दुई अध्यक्ष छलफलमा जुटेको बताए ।

केहि दिन पहिला बसेको एकता संयोजन समितिको बैठकले नमिलेका विवादित विषयमा सहमति खोज्न र प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षलाई जिम्मा दिइएको थियो । त्यहि काम पुरा गर्न दुई नेताले छलफल थालेका हुन् ।

अरु दिनको तुलनामा ओली प्रचण्डको बिहीबारको बैठक लामो भएकाले छलफल सकारात्मकतर्फ गएको बुझ्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !