१२ असार २०८१, बुधबार

नेता केसीले भने, ‘देउवाको कार्यशैली र गिरोहवादवाट पार्टी चल्न सक्दैन’


Arjun

६ वोशाख, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आफूहरु पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन नभै पार्टीलाई बलियो बनाउन प्रयासरत रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता केसीले पार्टीभित्र देखिएका नीतिगत र नेतृत्वगत कमजोरी हटाउनका लागि आफूहरु सक्रिय रहेको बताए ।

“विधिविहिनता र अपारदर्शी कार्यशैलीलाई सुधारेर जानुपर्छ । सभापति देउवाले सुधार्न चाहनुहुन्छ कि चाहनुहुन्न भन्ने कुरा केन्द्रिय समितिको बैठकवाट थाहा हुन्छ । अहिले नै म कसैको पक्ष विपक्षमा छैन ।” केसीले भने ।

अहिलेको कार्यशैलीवाट पार्टी नचल्ने भएकाले पार्टीभित्र सुधारको विकल्प नभएको उनको तर्क छ । पार्टी सुधारका लागि सभापति देउवा तयार भए आफू उनकै पक्षमा उभिने र वरिष्ठ नेता रामचन्दै पौडेलले सुधारका लागि दरो खुट्टा टेकेर अगाडि बढेको खण्डमा उनैलाई सहयोग गर्ने केसीले बताए ।

देउवाको अहिलेको कार्यशैली र गिरोहवादवाट पार्टी नचल्ने केसीको ठहर छ । सभापति देउवाले गिरोहवादको शैली परिवर्तन गरेर समयसापेक्ष कार्यकर्ताको मागअनुसार पार्टीलाई सुधार गर्नुपर्ने केसीको भनाई छ ।

अघिल्लो महाधिवेशनमा सभापतिमा चुनाव लड्दा देउवाले प्रस्तुत गरेका प्रतिवद्धता मन परेर उनकै समुहबाट चुनाव लडे पनि उक्त प्रतिवद्धता पूरा नभएको केसीको दाबी छ ।

देउवासँग मिलेर पार्टीलाई सुधार गर्न सकिने विश्वास आफूले गरेको भए पनि देउवाले त्यसो नगरेकाले अब नयाँ तरिकाले सुधारको अभियानमा लाग्नुपर्ने बेला आएको उनको भनाई छ ।

चुनावअघि नै सम्पूर्ण पदाधिकारीको नियुक्तिको आवश्यकता रहे पनि देउवाले नगरेको तर अहिले भने पदाधिकारीको आवश्यकता नरहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !