फाइल फोटो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । यसअघि संघीय संसद भवन नयाँ वानेश्वरमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीवीच भएको भेटवार्ता आज साँझ ७ बजे पुनः बस्ने गरी सकिएको थियो ।
संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का नेताहरूसँग छलफल गरेर ओलीसहित नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री देउवासँग थपछलफल गर्न बालुवाटार पुगेका हुन् ।