१२ बैशाख २०८१, बुधबार

संसदमा एमसीसी पेश गर्ने भनिएको कार्यसूची छल्दै अर्थमन्त्री पर्वत पुगेको खुलासा


अर्थमन्त्री पर्वतमा

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि पेश गरिने कार्यसूची छलेर अर्थमन्त्री जनार्दन शर्मा पर्वतको सदरमुकाम कुस्मा पुगेको खुलासा भएको छ ।

संघीय संसद सचिवालयले हिजो बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख गरिएको थियो ।

यसअघि गत आइतबारको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा टेवुल गरेका थिए । सो दिन पनि अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री शर्मा पर्वतको कुश्मा पुगेका हुन् । पर्वत उधोग वाणिज्य संघको आज बिहीबार हुने साधारण सभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका हुन् । आज बिहान पर्वतको कुस्मास्थित द किल्फ रिसोर्टको स्काई क्याफेमा बसेको शर्मा दम्पतीको भिडियो सार्वजनिक भएको छ ।

कुश्मामा पर्वतका व्यापारीले स्वागत गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्थमन्त्री शर्माले न्यानो आतिथ्यताका लागि धन्यवाद भनेका छन् । नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने तयारी गरेपछि अर्थमन्त्री शर्मा संसद् छल्न हिजो बुधबार नै श्रीमतीसहित बागलुङ पुगेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !