४ बैशाख २०८१, मंगलबार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमाले आजपनि अनुपस्थित


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केही समयअघि शुरु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आजपनि अनुपस्थित रहेको छ । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

जारी बैठकमा संसद बैठकको कार्यसूचीबारे छलफल हुनुको साथै संसदमा जारी अवरोध हटाउने विषयमा समेत छलफल हुनुको साथै संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल हुने बुझिएको छ ।

कार्यव्यवस्थाको जारी बैठक संसदमा प्रतिनिधित्व गर्ने दलहरुवीच छलफल भएर कार्यसूचीमा हेरफेर हुनसक्ने पनि बताइएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी छलफलका लागि पेश गरिने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेपछि देउवाले एमसीसी पास गर्न एमालेको साथ खोजेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !