काठमाडौं । बलात्कारको आरोपमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका एमालेका नेता तथा सांसद मोहन बानियाँ प्रहरीको सम्पर्कमा आएका छन् ।
बानियाँले प्रहरीलाई सम्पर्क गरेर केही दिनमै प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीले जनाएको छ । आफै नआए आफ्नो तरिकाले पक्राउ गर्ने प्रहरीले जनाएको छ।
एक शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित एक होटेलमा आफूमाथि जबरजस्ती करणी गरेको भनी मुद्दा दायर गरेकी थिइन् ।