२० बैशाख २०८१, बिहिबार

बामदेवले अमेरिकालाई भने- एमसीसी फिर्ता लैजाऊ


वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् ।

आज मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने बताएका हुन् ।

एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका हुन् । उनले टोपी हातले समाउँदै एमसिसीलाई सकी नसकी बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ भनेका छन् ।

यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तलमाथि पर्‍यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ भनेर उनले बताएका छन् ।

यस्तो छ हेर्नुहोस् गौतमले निकालेको प्रेस वक्तव्य

 गौतमले निकालेको प्रेस वक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !