१७ असार २०८१, सोमबार

पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने मन्त्री आलेको दावी


प्रेमबहादुर आले

काठमाडौं । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपति धर्मशाला छिट्टै फिर्ता ल्याइने दावी गरेका छन् । आज महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिको बैठकमा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन्।

मन्त्री आलेले भने, ‘‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु दिएर धर्मशाला निर्माण गर्न दिएको आज कौडीको भाउमा विगतका प्रमुखहरूले बेच्ने काम गर्नुभएको छ । बतास समूहले ल्याएको अल्पकालीन आदेश पनि सोमबार खारेज भइसकेको छ । त्यसकारण पशुपतिले सबैको रक्षा गर्नेछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !