७ मंसिर २०८१, शुक्रबार

कमल थापाले आज राप्रपा नेपाल पार्टी घोषणा गर्दै


कमल थापा फाइल फोटो

काठमाडौं । कमल थापाले आज शनिबार दिउसो १२ बजेपछि आफ्नो अध्यक्षमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । ७ फागुन प्रजातन्त्र दिवसको दिन शनिबार राप्रपा नेपालको घोषणा गर्न लागेको हिजो शुक्रबार जानकारी दिँदै उनले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका हुन् ।

अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू ५ वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताए । थापाले राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गरेका हुन् ।

उनले विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका बताउदै यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गरेका छन् । विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन उनले आह्वान गरेका छन् ।

आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले राप्रपा नेपाल किन ? राप्रपा नेपाल घोषणा सभाको हुने पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !