२३ भाद्र २०८१, आइतबार

एमसिसीलाई सत्तामा पुग्ने भर्‍याङ बनाउन हुन्न, छिटो पास गर्नुपर्छ : पुष्पा भुसाल


पुष्पा भुसाल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले एमसिसी सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छन् ।

काँग्रेस संसदीय दलका सचेतक समेत रहेकी भुसालले एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताउँदै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुर्ने बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु