६ बैशाख २०८१, बिहिबार

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक आज बस्दै


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख सापकोटाले आज बुधबार बिहान ११ः३० बजे परामर्श समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

आज बुधबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रस्ताव टेबल गर्ने तयारी गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बसिरहेको बेला हिजो दिउसो प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन आग्रह गरेका थिए ।

कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । हिजो बसेको कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !