१२ असार २०८१, बुधबार

अदालतको अवरोध हटाउन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव : प्रवक्ता महत


डा. प्रकाशशरण महत फाइल फोटो

नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अदालतको अवरोधलाई हटाउन प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्ताव ल्याउनु जुरूरी भएको बताएका छन् ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले अदालतको अवरोध हटाउन महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका हुन् ।

प्रवक्ता महतले एमसिसी संसदमा निर्णयार्थ पेश गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान संचालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !