४ वैशाख, ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकावीच नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास र भनसुनको भरमा नचल्न पनि सचेत गराए । लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरुले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको भनाइ छ । कार्यक्रममा मन्त्री पण्डितले १५३ जना प्रशासन तालिम लिएका अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।