२२ बैशाख २०८१, शनिबार

संघीय गठवन्धनले काठमाडौमा १२ घन्टे रिले अनशन गर्ने


madhesi

१४ जेठ,काठमाडौ। संघीय गठवन्धनले जेठ १७ गतेपछि काठमाडौंमा रिले अनशन बस्ने निर्णय गरेको छ । गठन्धनले अहिले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको छ र, यो भोलि शनिबार सकिनेछ । १६ र १७ गते मधेसमा आमसभा राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक-फरक धारणा आएपछि शुक्रबार गठवन्धनको बैठक बसेको छ ।

बैठकमा गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले पठाएको भनिएको पत्रै नपाएको बताए ।

यद्यपि सञ्चार माध्यमहरुमा आएका पत्रबारे छलफल भएको छ । गठवन्धनले प्रधानमन्त्रीले पठाएको भनिएको पत्रमा प्रयोग भएको भाषामा आपत्ति जनाएको छ । ‘प्रधानमन्त्रीले पठाएको भनिएको पत्रमा सबै मागहरु पुरा भइसकेको भनिएको छ । यो भाषामा हाम्रो आपत्ति छ, रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो।

उनका अनुसार संघीय गठवन्धनको बैठकले मधेसी मोर्चालाई नभई संघीय गठवन्धनलाई पत्र पठाए मात्र वार्तामा बस्ने निर्णय गरेको छ । साथै वार्ताका लागि आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई राहत, पक्राउ नेता कार्यकर्ताको रिहाइका साथै राजनीतिक मुद्दामा छलफल गर्न तयार रहेको प्रतिवद्धता लगायतका पूर्व सर्तहरु समेत पुरा गर्नु पर्ने संघीय गठवन्धनले बताएको छ ।

सरकारलाई यही जवाफ पठाउने हो भन्ने प्रश्नमा झाले भने, ‘गठवन्धनलाई पत्र नै नआएकाले हामीले जवाफ पठाउने कुरा आउँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !