फाइल फोटो
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनको लागि बजेट व्यवस्थापन गर्न दबाब परेको बताएका छन् ।
चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको बताए । विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको भन्दै मन्त्रीले भने, ‘स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं, दातालाई आग्रह गर्नेदेखि राजस्व वृद्धि गरेर जसरी हुन्छ : खर्च जुटाउनुपर्ने बाध्यतामा छौं ।’