१२ असार २०८१, बुधबार

जुन गोरूको सिंग छैन, उसको नाम तीखे : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले खानेपानी समेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न बाध्ये बनाएको बताएका छन्।

पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ‘क्रान्तिकारी’ नेताहरू एमसीसी र शराबको शिशी बोक्नमै मस्त भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन्

उनले लेखेका छन्, “खानेपानी समेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न लगाउने ‘उपमहानगरपालिका’( दांग घोराही) रे! ‘क्रान्तिकारी’ नेताहरू चाहिं MCC र शराबको शिशी बोक्नमै मस्त! अनि आउने भो ‘समाजवाद’!जुन गोरूको सिंग छैन उसको नाम तीखे! Shame!Shame!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !