काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापाले पार्टीबाट राजीनामा दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
अध्यक्ष लिङदेनले थापाले उठाउँदै आएका माग सम्बोधन गर्न पदाधिकारी बैठक बोलाइसकेपछि अनपेक्षित निर्णय आएको बताए । थापाले राजीनामा दिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताए ।
यस प्रकारको अनपेक्षित निर्णय गर्नु थापाको राजनीतिक भविष्य र हामी सबैका लागि समेत दुर्भाग्पूर्ण भएको अध्यक्ष लिङदेनले बताए ।