७ मंसिर २०८१, शुक्रबार

एमसीसीबारे जनमत संग्रह गरौं : नेता सुदन किराती


सुदन किराती File Photo

काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद सुदन किरातीले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) बारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् ।

किरातीले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र लेख्नु गल्ती भएको बताए ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एमसीसीबारे संसदीय समितिले पनि बोल्नुपर्ने बताए । किरातीले भने, “हामीले भनौं, सकिन्छ भने जनमत संग्रह गरौं, सकिन्न भने गोलमेच सम्मेलन गरेर एउटा आवाज निर्माण गरौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !