७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै


राजेन्द्र राई

बिराटनगर । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाएको एक हप्तापछि उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आज आइतबार बिहान ११ बजे मन्त्रीहरूको सपथका लागि समय निर्धारण गरिएको छ ।

प्रदेश १ मा भएका १२ वटा मन्त्रालयमध्ये हाल मुख्यमन्त्रीसहित ५ जना मन्त्री मात्र रहेका छन् । आज आइतबार ७ जनालाई सपथग्रहण गराउने तयारी गरिएको हो ।

प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट २ जना, नेपाली काँग्रेसबाट २ जना र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट ३ जनाले सपथ ग्रहण गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !