२० असार २०८१, बिहिबार

राप्रपा केन्द्रीय सदस्य मोहनसिंह केसीको निधन


मोहनसिंह केसी

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य मोहनसिंह केसीको निधन भएको छ । राप्रपा बाँकेको पुर्वअध्यक्ष समेत रहेका केसीको मृत्यु भएको पुर्वअध्यक्ष कमल थापाले सामाजिक संजालमार्फत जानकारी गराएका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “राप्रपा केन्द्रीय सदस्य मोहनसिंह केसीको निधनको खबरले मर्माहत भएको छु।कठिन/प्रतिकुल परिस्थितिमा राप्रपा नेपाल बाँकेको अध्यक्ष भएर उहाँले गर्नुभएको योगदान अविस्मरणीय छ।उहाँ साह्रै असल व्यक्ति हुनुहुन्थ्यो।दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। शोकाकुल परिवारजनमा हार्दिक समवेदना”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !