७ मंसिर २०८१, शुक्रबार

कांग्रेसले सरकारको कामको समीक्षा गर्ने


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले सरकारको कामको समीक्षा गर्ने भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारको कामको समीक्षा हुने बताएका छन् ।

महामन्त्री शर्माले बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दैपार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !