काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नीय तहको निर्वाचनको मितिबारे निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले परामर्शका लागि आज दिउँसो ३ बजे आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशका नेताहरुसँगको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने तयारी गरेको बताएका थिए ।