५ फाल्गुन २०८२, मंगलबार

एमसीसी पारित गर्ने सहमति भएको छैन : नेता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएकाे बताएका छन् ।
श्रेष्ठले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि दाबी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, “कुनै भ्रममा नपरौं, प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !