२२ भाद्र २०८१, शनिबार

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले आइबार जारी गरेको सूचना अनुसार सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !