१३ आश्विन २०८१, आइतबार

मुख्यमन्त्री भट्टले भने, ‘जनतालाई विकासको अनुभूति दिलाउन रातदिन खटिएको छु’


trilochan

२ बैशाख, काठमाण्डौ । प्रदेश ७ को सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । भोलीको संसद बैठकले नीति तथा कार्यक्रम पास गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका ऋषि धमलासँग कुरा गर्दै मुख्यमत्री भट्टले केन्द्र सरकारले दिएको बजेटका आधारमा नीति तथा कार्यक्रम बनाइएको बताएका छन् ।

नीति तथा कार्यक्रम संक्षिप्त भएको जानकारी दिदै भट्टले सकेसम्म जनताको चासो रहेका विषयलाई प्राथमिकता दिने प्रयास गरिएको बताए ।

“जनताले अनुभूति गर्न सक्ने गरी विकास दिने कुरा नै हाम्रो उद्देश्य हो । दुई महिना भनेको धेरै समय होइन । हामी पहिलोपटक संघियतामा गएका छौँ । सबै काम दुई महिनाभित्रमा हुन सक्दैन ।” उनले भने ।

प्रदेश सरकार संचालनका लागि आवश्यक ऐन नियम पनि बनाउने क्रममा रहेको बताए । यही हप्ताभित्र बजेट ल्याउने तयारी भइरहेको उनको भनाई छ ।

जनताले अनुभूति गर्ने गरी काम गर्नका लाग आफूहरुले रातदिन काम गरेको उनको दाबी छ । प्रदेश सरकारमाथि जनताले गरेको आशा र विश्वास पूरा गराउनेका लागि आफू प्रतिवद्ध रहेको उनको भनाई छ ।-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !