१३ पुस २०८१, शनिबार

मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ : महासचिव पोखरेल


शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानिय तहको चुनाव तीन चरणमा गरेको शेरबहादुर देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

महासचिव पोखरेलले ६-७जनाले चलाएको प्रदेश सरकार चलाउन १३-१४ वटा मन्त्रालय बनाएको भन्दै १६-१७ जना मन्त्री बनाउने गठवन्धनले खर्च जोगाउन एकैचोटी चुनाव गरौ भनेको सुन्दा कस्तो-कस्तो लाग्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “६-७जनाले चलाएको प्रदेश सरकार चलाउन १३-१४ वटा मन्त्रालय र १६-१७ जना मन्त्री बनाउने गठवन्धनले खर्च जोगाउन एकैचोटी चुनाव गरौ भनेको सुन्दा कस्तो कस्तो लाग्ने ! मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ न । स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! त्यो पनि हामीले पत्याइदिनु पर्ने । सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !