१३ असार २०८१, बिहिबार

सत्ता गठबन्धन र कानुनविद्‍बीच छलफल हुँदै


प्रधानमन्त्री निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेता र कानुनविद् बीच छलफल गर्न लागेको छ ।

सत्तारुढ गठबन्धनले वरिष्ठ कानुनविद्सँग निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको हो । शुक्रबार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचनका सन्दर्भमा कानुनविद्सँग छलफल गर्ने निर्णय गरेको थियो ।

तीन चरणमा सम्पन्न स्थानीय तहको समयावधि वैशाख ३१, जेठ १४ र असोज २ मध्ये कसलाई भन्ने भन्नेमा विवाद छ । गठबन्धनका नेताहरुले असोज २ लाई समयावधि भन्नुपर्ने तर्क राखेको पाइन्छ भने विपक्षी एमाले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !