७ मंसिर २०८१, शुक्रबार

हामी जुनसुकै बेलामा निर्वाचन भएपनि सामना गर्न तयार छौं : ओली (विज्ञप्तीसहित)


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको उल्लेख गर्दै जुनसुकै बेलामा निर्वाचन भएपछि सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले बैशाखमै संघीय संसद्को निर्वाचन गर्ने भनिरहेको बेलामा एमालेको यस्तो धारणा आएको हो ।

आईतबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रयास भने आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिएका छन् ।

ओलीले भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।’

 

बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।’

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !