१५ असार २०८१, शनिबार

कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनको विरोध गर्दैन् : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा

१ बैशाख, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट नयाँ वर्षको सन्दर्भ पारेर देशबासीको नाममा आज गरेको सम्बोधनलाई आफूहरुले विरोध नगर्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनबारे प्रतिक्रिया लिन पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा प्रवक्ता शर्माले यस्तो बताएका हुन् । उनले भने,’प्रधानमन्त्रीजीले राराबाट सम्बोधन गर्दा हामीले विरोध गर्नुपर्ने कुनै कारण छैन् । सम्बोधनमा हाम्रो बारेमा बोल्नुभयो, उहाँको सम्बोधनलाई हामीले नौलो रुपमा लिएका छैनौं।’

त्यस्तै नेता शर्माले नयाँ वर्षमा नयाँ प्रधानमन्त्रीले गरेको सम्बोधनलाई आफ्नो पार्टीले सामान्य रुपमा लिएको स्पष्ट पारे । उनले भने,’सबै कुरा हामीले विरोध गर्नुपर्छ भन्ने छैन् । बोलेका कुरा प्रधानमन्त्रीले कार्यान्वयन गर्नुहोस् । हाम्रो त शुभकामना छ । विरोध आधार छैन । बोलेको कुरा पूरा गर्नुपर्यो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !