७ जेष्ठ २०८१, सोमबार

नेपाली कांग्रेसले स्थगित गर्‍यो १६ जिल्ला अधिवेशन


नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

यही माघ १५ गतेका लागि अधिवेशन गर्ने मिति तय भए पनि कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समिति अनुसार प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !