१८ असार २०८१, मंगलबार

नेपाल बन्छ, बनाउनैपर्छ : प्रधानमन्त्री ओली


kp-oli

१ बैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा मुगुको रारा तालवाट देशबासीका नाममा सम्बोधन गरेका छन् ।

शनिबार कर्णाली प्रदेशको पर्यटन वर्षको उद्घाटनमा देशबासीका नाममा सम्बोधन गर्दै देश बनाउनुपर्ने बताएका छन् । उनले देशमा विकास र समृद्धि ल्याएर नेपालीको मुहारमा खुसी ल्याउनुपर्ने बताए ।

ओलीले देश विकास गर्न कसैले र केहीले नछेक्ने बताएका छन् । नेपाल समृद्ध हुनका लागि यहाँको माटो र जनशक्ति प्रयाप्त भएको उनकोो भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढंगले प्रस्तुत बताएका छन् ।

उनले निर्वाचनको सफलतासँगै नेपाल लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको दाबी गरे । ‘इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’

प्रधानमन्त्रीले भने, ‘मान्छेको ज्ञान र सामर्थ्यको सीमा हुन्छ । तर इमानको कुनै सीमा र आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !