काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै थापाले आपत्ति जनाएका छन्।
उनले लेखेका छन्, “स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ। प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।”
स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ। प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।
— Kamal Thapa (@KTnepal) January 18, 2022