६ पुस २०८१, शनिबार

प्रदेश २ को नाम मधेस प्रदेश तय


प्रदेश २

जनकपुर । प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । आज सोमबार प्रदेशसभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो ।

प्रदेशको नाम मधेशको पक्षमा दुई तिहाईभन्दा बढी ८० जना सांसदले मतदान गरेका छन् । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको हो ।

आज स्थायी राजधानी जनकपुरधाम टुंगो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।

सभामुख सरोजकुमार यादवले प्रदेशको नाम तोक्नका लागि आवश्यक दुई तिहाई मत पुगेकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे । प्रदेशको नाम मधेस पारित भएसँगै नामकरण सम्बन्धमा पेश भएका अन्य प्रस्ताव निस्क्रिय भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !