१६ आश्विन २०८१, बुधबार

किन सरकारमा जान आलटाल गर्दै छ फोरम ?


upendra yadav

३० चैत, काठमाण्डौ । सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवाबादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट सशंकित भएको छ ।

एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन् । ‘नागरिक दैनिक’ ले समाचार छापेको छ । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टि जनाएका हुन् ।

संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरूले प्रस्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरूको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !