१८ असार २०८१, मंगलबार

देशभित्रको अतिवादी तत्व प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री ओली


kp-oli

२९ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् ।

उनले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए ।

‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने ‘यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।’

मुलुक अहिले स्थिर र शान्तिपूर्ण अवस्थामा रहे पनि भविश्यमा उत्पन्न हुने खतरातर्फ सतर्क रहनुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं’ उनले भने ‘तर हामी सधैं भविष्यमाउत्पन्नहुन सक्ने खतराकाबारेमा सतर्क रहनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !