काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सोमबारका लागि तय गरेको भेला स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै सोमबार राजधानीको थापागाउँस्थित काठमाडौं व्याक्वेटमा तय गरेको पार्टीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला भेला स्थगित गरेको हो।
बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषालले जारी गरेको सूचना अनुसार थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको उल्लेख छ। उक्त भेला केही दिनमै भर्चुअल विधिबाट आयोजना गरिने सो पार्टीले बताएको छ ।