३१ भाद्र २०८१, सोमबार

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक पुस २७ गते बस्ने


नारायणकाजी श्रेष्ठ

काठमाडौं । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । जारी सूचना अनुसार बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारिएको उल्लेख छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !