७ मंसिर २०८१, शुक्रबार

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो


कांग्रेसको क्रियाशील सदस्य

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । पार्टीमा उत्पन्न विवादका कारण १४ औं महाधिवेशनअघि हुन नसकेको अधिवेशन आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सरेको हो ।

यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण अधिवेशन सार्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अब उक्त निर्वाचन माघ १५ गतेका लागि तोकिएको छ ।

पटक पटकको विवादका बीच अझै १६ जिल्लाको जिल्ला अधिवेशन हुन सकेको छैन । जसमा प्रदेश २ का सबै जिल्ला रहेका छन् । त्यस्तै चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !