२८ चैत, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले बुधबार एसोसिएसन अफ र्याˆटिङ एजेन्सीजको कार्यक्रममा बोल्दै रेल र जलमार्ग गाउँमा पुगेको सडक जस्तो नहोस् भनेका छन् ।
२०३३ मा वीपीले सडक बन्यो भन्दैमा विकास भयो नठान्नुहोला भनेको स्मरण गर्दै उनले रेल र जलमार्ग बनाउँदा त्यसमा के पठाउने पनि तय हुनु पर्ने बताए । थापाले भने, ‘रेलमार्ग, जलमार्ग जेजे कुरा गरिरहेका छौं, यसको उद्देश्यमा हामी अहिले प्रष्ट हुनुपर्छ ।’
जननायक वीपी कोइरालाले ०३३ सालमा नै ‘बाटो त आयो तर, गाउँको उत्पादन लिएर जान सकेन भने त्यो विकासको सूचकांक हुँदैन’ भनेको सुनाउँदै उनले भने, ‘रेलमार्ग आउँदा, जलमार्ग बन्दा त्यसले हाम्रो इकोनामीलाई के दिन्छ भन्ने अहिले प्रष्ट हुनुपर्छ । त्यो रेलबाट ब्यापार गर्ने हो कि पर्यटक ल्याउने हो ?’
रेल, जलमार्गमा होइन, ठूला विमानस्थल लगायतका भौतिक पूर्वाधार बनाउँदा त्यसको उद्देश्य प्रष्ट हुनु पर्ने बताए ।