१५ असार २०८१, शनिबार

राप्रपाका अध्यक्ष लिङ्देनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम उनीहरुलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको अध्यक्ष लिङ्देनको भनाइ छ ।

उनका अनुसार दिपक बोहरा, रुपन्देही, हरिबहादुर बस्नेत, उदयपुर, नवराज सुवेदी, रामेछाप, बालाराम घर्ती मगर, रोल्पा, टंक ढकाल, भोजपुर, प्रेम बहादुर भण्डारी, बाँके, निरञ्जन थापा, रुपन्देही, भिमप्रसाद गौचन, म्याग्दी, हेमजंग गुरुङ, लमजुङ, ठाकुर प्रसाद शर्मा, धादिङ, रामकुमार सुब्बा, सुनसरी, मुकुन्दश्याम गिरी, सुर्खेत, दिनेश श्रेष्ठ, भक्तपुर, प्रा.डा. गीताभक्त जोशी, काठमाडौं, भक्ति प्रसाद सिटौला, झापा, मोहन कुमार श्रेष्ठ, गोरखा र झनक प्याकुरेल, नुवाकोटबाट मनोनीत भएका छन् ।

त्यस्तै गरि श्यामबहादुर शाही, अछाम, एजी शेर्पा, सोलुखुम्बु, पुष्पराज पुरुष, ललितपुर, रमानन्द न्यौपाने, जुम्ला,सरोजा शर्मा, नवलपरासी, रामप्रताप साह (भोला), सिराहा, रविन चाम्लिङ, खोटाङ, उदयराज पोखरेल, स्याङ्जा, सरस्वती के.सी.अधिकारी, काठमाडौं, दिनेश कार्की, रामेछाप, वीरेन्द्र बम, कैलाली, केशवचन्द्र समाल, रुकुम पूर्व, अम्बर बहादुर विष्ट, झापा र नवीन शाही, काठमाडौंबाट मनोनीत भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !