६ जेष्ठ २०८१, आइतबार

यी हुन् एमालेवाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु


नेकपा (एमाले)

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यमा रिक्त पदको निर्वाचनका लागि १९ जना उम्मेदवारहरू तय गरेको छ । एमालेको आइतबार भएको सचिवालयको बैठकले गरेको निर्णय आज सार्वजनिक भएको हो ।

एमालेले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु), प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ विना साह (रौतहट) वाग्मती प्रदेशमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकी प्रदेशबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) लाई उम्मेदवार तोकेको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) कर्णाली प्रदेशमा खुलातर्फ चुडामणि शर्मा (सुर्खेत), महिलातर्फ गङ्गा थापा महत (जुम्ला) र अल्पसङ्ख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश विक (बैतडी) लाई बनाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु