७ जेष्ठ २०८१, सोमबार

सत्ता गठबन्धनमा मिल्यो राष्ट्रिय सभाको भागबन्डा, कसले कति सिट पाए ?


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चावीच राष्ट्रिय सभाको भागबन्डामा सहमति भएको छ। एक नेताका अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु