१२ असार २०८१, बुधबार

दलित, गरीब र कमजोरलाई हेप्ने कुसंस्कार अन्त्य गरौं : डा. भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरजातीय विवाह गरेकै कारण पुन: हुम्लाका चन्द्र कामी वेपत्ता पारिएको एक हप्ता भैसक्दा पनि राज्यले सत्य, तथ्य पत्ता लगाउन नसक्नु खेदजनक भएको बताएका छन्।

अध्यक्ष डा. भट्टराईले दलित, गरीब र कमजोरलाई हेप्ने कुसंस्कार अन्त्य गरौं भन्दै सामाजिक संजालमा लेखेका छन्, “अन्तरजातीय विवाह गरेकै कारण पुन: हुम्लाका चन्द्र ( नामको पछाडि अपमानसूचक एकार लगाएर दलित,गरीब र कमजोरलाई हेप्ने कुसंस्कार अन्त्य गरौं!) कामी वेपत्ता पारिएको एक हप्ता भैसक्दा पनि राज्यले सत्यतथ्य पत्ता लगाउन नसक्नु खेदजनक छ।फेरि अर्को दलित युवाको ज्यान नजाओस्! सबैले खबरदारी गरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !