१५ बैशाख २०८२, सोमबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे बैठक बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सांसद प्रेम सुवालले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्‍ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्भावित दोस्रो कार्यक्रममा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश, २०७८ स्वीकृत गरियोस्’ भन्‍ने प्रस्‍ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्भावित तेस्रो कार्यक्रममा सांसद प्रेम सुवालले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्‍ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्भावित चौथो कार्यक्रममा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकार गरियोस्’ भन्‍ने प्रस्‍ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको प्रतिनिधिसभाको बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले घटनाक्रम पुरानै भई नयाँ घटनाक्रम विकास नभएकाले एमाले पूर्ववत रुपमा संसद बैठक आज पनि अवरुद्ध जारी राख्ने बताएका छन् ।

यद्यपि संसद बैठकअघि सभामुख अग्‍निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् । परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । समिति बैठक संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने भएको हो ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक पनि अबरुद्ध गर्दैै आएको छ । संसदमा सभामुखको भूमिकाको विषयमा आपत्ति जनाउँदै एमालले बैठक बहिष्कार गर्दै आएको हो ।

यस्तो छ आजको सम्भावित कार्यसूची

 सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु