११ आश्विन २०८१, शुक्रबार

मन्त्री लम्सालले भने, ‘प्राविधिक शिक्षाले मात्र मुलुकलाई समृद्ध बनाउँछ’


bikas lamsal

२६ चैत, पर्वत । प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री विकास लम्सालले प्रविधिमैत्री शिक्षाले मात्र मुलुकलाई समृद्धशाली बनाउन सक्ने बताएका छन् ।

पर्वतको बिहादी गाउँपालिका- १ मा रहेको जनकल्याण मावि बाच्छाको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मन्त्री लम्सालले अन्य देशहरूले पनि प्राविधिक तथा व्यावसायिक शिक्षाबाट नै उन्नति र प्रगति हासिल गरेको चर्चा गर्दै अब नेपालमा पनि त्यस्तै प्रकारको शिक्षा आवश्यक रहेको उल्लेख गरे ।

लम्सालले भने, ‘गरिवी र पछौटेपनको मुख्य कारण कमजोर शिक्षा हो । यसको निवारण प्राविधिक तथा व्यावसायिक शिक्षाले मात्र गर्न सक्छ ।’

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै, मन्त्री लम्सालले अब क्षेत्र र भूगोलअनुसार सबै प्रदेशमा कम्तीमा एउटा विश्वविधालय र प्राविधिक तथा व्यावसायिक महाविधालय संचालन गर्न पहल गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !