१९ असार २०८१, बुधबार

नयाँ शक्तिले पनि वैकल्पिक सरकार घोषणा गर्ने


baburam-bhattarai

२६ चैत, काठमाण्डौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लुम्बिनीमा आयोजित नयाँ शक्तिको संघिय परिषदको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्नुभएको छ ।

उक्त बैठकमा डा. भट्टराईले वैकल्पिक सरकार बनाउने बताउनुभएको छ । देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताउनुभएको हो ।

नयाँ शक्ति सिन्धुलीले आइतबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, “सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हाँै ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !