१२ असार २०८१, बुधबार

काँग्रेस महाधिवेशन: २७ जनाले लिए उम्मेदवारी फिर्ता


कांग्रेस १४औँ महाधिवेशन

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् ।

स्रोतका अनुसार शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा, सीताराम महतो, जुनाकुमारी थानी, ध्रुवराज गुरुङ, दिपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, विना पौडेल, भक्तबहादुर बलायर, माया राना, राजुराज जोशी, गोपीलाल विश्वकर्मा, मीनाकुमारी थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तैगरी विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला शर्मा, महेककुमार कर्माचार्य, सिंहबहादुर राना, संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत र माधवप्रसाद आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !