१५ असार २०८१, शनिबार

अध्यक्ष महतोले भने, ‘स‌ंविधान संशोधन नभए आन्दोलनको आँधीबेहरी ल्याइनेछ’


Rajendra-mahto

२५ चैत, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् ।

प्रेस मंच नेपालको जिल्ला अध्यक्षसहित केन्द्रीय समितिको भेलाको उद्घाटन सत्रमा बोल्दै महताेले संविधान संशोधनमा सरकारले लचकता नदेखाए पुनः आन्दोलनको आँधेबेहरी ल्याउने चेतावनी दिएका हुन् ।

महतोले भने, ‘सरकारलाई दुई तिहाईको बलमा आवश्यक संशोधनको अपेक्षामा सरकारलाई समर्थन गरेका छौँ । सरकारबाट संशोधनको अपेक्षा छ, तर भरोसा छैन, त्यसैले संविधान संशोधनको विधयेक पेसको अपेक्षामा छौँ ।’

उनले समयमै सरकार सचेत भई संविधानमा देखिएका त्रुटि संशोधन गरी देशलाई अगाडि बढाउन आग्रह गर्दै देशमा हालसम्म छवटा संविधान बनिसकेका र दुईवटा संविधानसभाको निर्वाचनमा आएको सातौँ संविधानमा देशले कोल्टे फेर्ने आशा सहित मधेसी जनताले संशोधनको बाटो पर्खेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !